ट्राफिक नियम उल्लङ्घन गर्ने साढे २ सय बढीको लाइसेन्स निलम्बन गर्न सिफारिस « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ट्राफिक नियम उल्लङ्घन गर्ने साढे २ सय बढीको लाइसेन्स निलम्बन गर्न सिफारिस


१६ माघ २०७९, सोमबार


काठमाडौँ । ट्राफिक प्रहरीले २ सय ५९ वटा सवारी लाइसेन्स निलम्बन गर्न यातायात व्यवस्था विभागमा पठाएको छ। 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५ पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने २ सय ५९ जनाको लाइसेन्स निलम्बन गर्न यातायात व्यवस्था विभाग मिनभवनमा पठाएको एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। 

उनका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच (५) पटकभन्दा बढी उल्लङ्घन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिमको कसुर गरेको हुँदा निलम्बन गर्न पठाइएको हो। 

निलम्बन गर्न पठाइएका सवारी चालकले ३६ पटक सम्म नियम उल्लङ्घन गरेको पाइएको हो।

३६ , ३०, २८, १९, १८, १७ पटक नियम उल्लङ्घन गर्नेलाई निलम्बन गर्न पठाएको हो। 

यस्तै प्रहरीले ९, ७, ६ पटक नियम उल्लङ्घन गर्नेहरूको पनि लाइसेन्स निलम्बन गर्न पठाएको छ। 

ट्राफिक नियम उल्लङ्घन गर्नाले सवारी दुर्घटना हुने गरेकाले नियमको पालना गरी सवारी चलाउन एसएसपी भट्टले अनुरोध गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस