सुदूरपश्चिमका मुख्यमन्त्री विश्वासको मतका लागि सर्वोच्चको निर्णय कुर्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुदूरपश्चिमका मुख्यमन्त्री विश्वासको मतका लागि सर्वोच्चको निर्णय कुर्दै


१६ माघ २०७९, सोमबार


धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री विश्वासको मतका लागि सर्वोच्चको निर्णय कुर्ने पक्षमा देखिएका छन्।

सर्वोच्च अदालतमा विचाराधीन रहेको टिकापुर घटनाको फैसलापछि मात्र प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने देखिएको छ।

२०७२ साल भदौ ७ मा भएको आन्दोलनमा ८ प्रहरीसहित एक नाबालकको हत्या भएको मुद्दाको पेसी मङ्गलवार तोकिएको छ।

उक्त मुद्दाको पेसी मङ्गलवार रहेको छ । सर्वोच्चले भोलि नै फैसला गरेमा सोही अनुसार नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकारलाई सहयोग गर्ने वा नगर्ने निर्णय लिने पक्षमा छ।

उन्मुक्तिले थारू नेता रेशम चौधरीसहित टिकापुर घटनाका राजबन्दी रिहा नभएसम्म प्रदेश सरकार गठनमा समर्थन नगर्ने प्रतिक्रिया दिँदै आएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस