उद्योगी-व्यवसायी आन्दोलित, ब्याजदर घटाउन माग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उद्योगी-व्यवसायी आन्दोलित, ब्याजदर घटाउन माग


१६ माघ २०७९, सोमबार


काठमाडौँ । वित्तीय संस्थाहरूको ब्याज धेरै भएको भन्दै काठमाडौँ उपत्यकाका उद्योगी–व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । उद्योगी–व्यवसायीप्रति सरकारले विभेदपूर्ण व्यवहार गरेको भन्दै माइतीघर मण्डलामा प्रदर्शन भएको हो ।

बैङ्कको ब्याजदर एकल अङ्कमा ल्याउन माग गर्दै उपत्यकाका सबै व्यापार सङ्घ र महासङ्घहरू विरोधमा उत्रिएका हुन् । उनीहरूले ‘बैङ्किङ आतङ्क बन्द गर’, ‘ब्याजदर घटाउ गरिखान देउ’लगायतका नारा लेखिएको पम्प्लेटहरु प्रदर्शन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस