अर्घाखाँचीमा पहिलो महिला सिडिओ बनिन् अर्याल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अर्घाखाँचीमा पहिलो महिला सिडिओ बनिन् अर्याल


१६ माघ २०७९, सोमबार


काठमाडौँ । प्रमुख जिल्ला अधिकारी मिना अर्यालले सबै सरकारी कार्यालयको सेवा प्रवाहलाई चुस्त, सरल र नागरिकमैत्री बनाउने बताएकी छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सरुवा भएर अर्घाखाँची पुगेसँगै उनले सञ्चारकर्मीसँगको अन्तरक्रियामा यस्तो बताएकी हुन् ।

उनले कार्यालयहरूलाई सूचना प्रवाह गर्ने र सूचनाको हकको विषयमा थप ध्यानाकर्षण गराएर सूचना लिन सहज वातावरण बनाउने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।

जिल्ला प्रशासनमा लागू भएको टाइम कार्डलाई थप प्रभावकारी बनाउने समेत उनको दाबी छ ।

अर्याल अर्घाखाँचीमा पहिलो महिला प्रमुख जिल्ला अधिकारी समेत भएकी छन् ।

अर्याल यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जी रण विभाग सिंहदरवारमा उपसचिव पदमा कार्यरत थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस