धनुषामा हिरासत तोडेर ६ अभियुक्त फरार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धनुषामा हिरासत तोडेर ६ अभियुक्त फरार


१६ माघ २०७९, सोमबार


जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा पर्ने इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ६ अभियुक्त फरार भएका छन् ।

राति हिरासत तोडेर ६ अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

डीएसपी क्षेत्रीका अनुसार दुई जना हातहतियार, दुई जना लागुऔषध र दुई जनासहित ६ जना हिरासतमा थिए ।

उनीरुको तीव्र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस