भारतद्वारा न्युजिल्याण्ड ६ विकेटले पराजित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भारतद्वारा न्युजिल्याण्ड ६ विकेटले पराजित


१६ माघ २०७९, सोमबार


काठमाडौँ । घरेलु टोली भारतले न्युजिल्याण्डविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा रोमान्चक जित हात पारेको छ ।

लखनउमा भएको दोस्रो टी-ट्वान्टी खेलमा ६ विकेटको जित हात पारेको घरेलु टोलीले तीन खेलको टी-ट्वान्टी सिरिजमा १/१ को बराबरी गरेको छ ।

१ सय रनको लक्ष्य भारत १ बल मात्र बाकी रहॅंदा पूरा गर्‍यो । न्युजिल्याण्ड दिएको १ सय रनको लक्ष्य घरेलु टोलीले १९।५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

भारतका लागि सूर्यकुमार यादवले अविजित २६ रन बनाउँदा इशान किसनले १९ रन बनाए । कप्तान हार्दिक पाण्ड्याले अविजित १५ रन बनाउँदा राहुल त्रिपाटीले १३ रन बनाए ।

शुभमन गिलले ११ रन बनाउँदा वासिङ्टन सुन्दरले १० रन बनाए । पाहुना टोलीका लागि माईकल ब्राकवेल र ईस सोधीले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनायो ।

पाहुना टोलीका लागि कप्तान मिचेल स्यान्टेनरले अविजित १९ रन बनाउँदा मार्क च्याम्पम्यान र माईकल ब्राकवेलले समान १४/१४ रन बनाए ।

डेभोन कन्वे र फिना एलेन समान ११/११ रनमा आउट भए । घरेलु टोलीका लागि अर्शदिप सिंहले २ तथा हार्दिक पाण्ड्या,दिपक होडा,युजभेन्द्र चहल वासिङ्टन सुन्दर र कुलदिप यादवले समान १/१ विकेट लिए ।

तीन खेलको टी-ट्वान्टी सिरिजमा तेस्रो खेल आगामी बुधबार रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस