सांसद चौधरी नौ वर्षदेखि फरारको सूचीमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सांसद चौधरी नौ वर्षदेखि फरारको सूचीमा


१५ माघ २०७९, आइतबार


काठमाडौँ । प्रतिनिधि सभाका सदस्य अरुणकुमार चौधरी नौ वर्षदेखि फरार सूचीमा रहेको भेटिएको छ। चौधरी सहितका तीन जनालाई कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते छ महिना कैद तोकेको थियो।

सांसद चौधरी सहितले २०६५ साल भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको सरकारवादी फौजदारी मुद्दा परेको थियो।

हालको लम्किचुहा नगरपालिका (साबिकको बलिया गाविस) क्षेत्रमा सो ट्याक्टर जलाइएको थियो।

मुद्दामा ट्याक्टर जलाएर आठ लाख १९ हजार ४२३ रुपियाँ बराबरको क्षति पुगाएको दाबी ट्याक्टरका मालिक महादेव बजगाईँले गरेका थिए।

अदालतले तीनै जनाबाट बिगो रकम असुल्न समेत आदेश गरेको पाइएको छ। सो मुद्दामा लम्कीचुहाकै परशुराम चौधरी र वीरबहादुर चौधरी दोषी ठहरिएका छन्।

शुक्रबार वीरबहादुर चौधरी पक्राउ परेपछि सांसद चौधरी फरार सूचीमा रहेको खुलासा भएको हो ।

२०७४ मा लम्कीचुहाको मेयर र प्रदेश सभा सदस्यमा पराजित चौधरी २०७९ को चुनावमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।

उनी रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबाट विजयी भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस