राजश्व अनुसन्धान विभागका शाखा अधिकृत दोषी ठहर  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राजश्व अनुसन्धान विभागका शाखा अधिकृत दोषी ठहर 


१५ माघ २०७९, आइतबार


काठमाडौँ । राजश्व अनुसन्धान विभाग तत्कालीन शाखा अधिकृत रामजी रिजाल अकुत सम्पत्ति कमाएको अभियोगमा दोषी करार भएका छन् । विशेष अदालतको पूर्ण इजलासले उनलाई दोषी ठहर गरेको छ । 

रिजाललाई दुई करोड ९७ लाख ३८ हजार ३१० रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको र उनको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ फागुन ६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

रिजालले ०७५ वैशाख १५ गते राजस्व अनुसन्धान विभागबाट शाखा अधिकृतबाट अनिवार्य अवकाश पाएका थिए । त्यसअघि उनी खानेपानी, ढल निकास विभाग तथा भूमि सुधार तथा व्यवस्था मन्त्रालयमा समेत कार्यरत थिए । 

रिजालले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिहरू निजकी श्रीमती स्वस्थानी रिजालसमेतको नाममा राखेको दाबीसमेत गरेको थियो । विशेष अदालतले उनलाई गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा दोषी ठहर गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस