२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लालुपाते सहकारीका अध्यक्षविरुद्ध कारबाही गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीले खोटाङ दिक्तेल बजारमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका तत्कालीन अध्यक्ष अनिल जोशी एवम् उनका परिवारविरुद्ध रकम अपचलन र ठगी कसूरमा मुद्दा चलाउने वा असुल उपरको प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ । 

सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले आर्थिक वर्ष २०७७-७८ को लेखापरीक्षण गर्नेक्रममा जोशी र उनको परिवारको नाममा कायम देखिएको रू आठ करोड ४६ लाख ८९ हजार ६७८ थैलो कायम गरी रकम अपचलन र ठगी कसूरमा मुद्दा चलाउन वा असुल उपरको प्रक्रिया अपनाउन सञ्चालक समितिलाई निर्देशन दिएको हो । 

कार्यालयले सञ्चालक समितिका सबै सदस्यहरूले साविकमा भएको हिनामिना तथा बेरुजु असुल उपरका लागि कारबाही, स्थानीय पालिका र प्रशासनसँगको पहलमा पुरानो नउठेको ऋण असुल उपर वा मालपोत कार्यालयमा रोक्का, हिनामिनाको रकम रोक्का राखेको जग्गा बेचबिखनमा लैजाने लगायत प्रक्रिया सुरु गर्न १६ बुँदे निर्देशन दिएको हो । 

कार्यालयका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले जारी गरेको निर्देशनमा ऋण लगानी सुरक्षित गर्न बिनाधितो ऋण असुल उपर वा धितो रोक्का राख्ने व्यवस्था गर्न, रोक्का राखेको धितोबाट असुल उपरको प्रक्रिया अघि बढाउन भनिएको छ । साथै आवश्यक परे हिनामिनाको मस्यौदामा दोषी भएका उपर सम्बन्धित अदालतमा मुद्दा दायरसम्म गर्न, सम्बन्धित मालपोत कार्यालयलाई पत्राचार गरी धितो रोक्का वा सञ्चालक, कर्मचारीको जायजेथा रोक्कालगायतमा निर्देशन दिइएको छ ।

लेखा परीक्षणका क्रममा जोशी र उनका परिवारका नाममा देखिएको रू नौ करोड ११ लाख १७ हजार छ सय ७८ मध्ये सहकारी बैङ्कले धितो लिलाम गरेर रू ८० लाख असुल उपर गरेको थियो । यस्तै पछिल्लो हिसाबका क्रममा जोशी र उनको परिवारका नाममा थप रू १५ लाख ७२ हजार रकम भेटिएको सञ्चालक समितिले जनाएको छ ।  गत पुस २३ गतेदेखि पुस २९ गतेसम्म अनुगमन तथा छानबिन गरेको सहकारी कार्यालयले सहकारीको सबै ऋणीबाट हिनामिना तथा बेरुजु रकम असुल उपर गर्न सबै खालका कारबाहीका प्रक्रिया अपनाउन सुझाव दिएको छ । 

प्रतिक्रिया दिनुहोस