२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यानका अध्यक्ष चन्दसहित ५ जना पदाधिकारीको राजीनामा माग

अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानका ७ जना केन्द्रिय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिमा रहेका ५ जना पदाधिकारीको राजीनामा माग गरेका छन् ।

कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यहरू दुर्गाराज पाठक र पदम खड्का छन् ।

राजीनामा माग्ने केन्द्रिय सदस्यहरूमा ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी छन् । उनीहरूले काठमाडौँमा प्रकार सम्मेलन गरी नेपाल टी-२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको भन्दै ५ जना पदाधिकारीको राजीनामा माग गरेका हुन् ।

आयोजक कम्पनी सेभेन थ्री स्पोर्टस नै फिक्सिङमा संलग्न भएको पाइएको र यसो मुख्य जिम्मेवार क्यान नेतृत्व भएको उनीहरूको आरोप छ ।

राजीनामा माग्नेहरूले भनेका छन्, ‘स्पट फिक्सिङ हुँदा संस्था बिरलै संलग्न हुन्छन् । तर यहाँ त साझेदार कम्पनी नै फिक्सिङमा संलग्न छ र जुन कम्पनीसँग क्यानले सम्झौता गरेको छ । त्यसैले क्यान नेतृत्व र कार्य सम्पादन समिति स्पट फिक्सिङको दोषबाट भाग्न सक्दैन ।’

अध्यक्ष चन्दले पत्रकार सम्मेलन गरेर नेपाल टी-२० लिग आयोजनामा गल्ती भएको स्वीकारेका थिए । तर आज आइतबार पत्रकार सम्मेलन गर्ने ७ जना केन्द्रिय सदस्यले भने आफूहरूले बारम्बार सचेत गराउँदा पनि अध्यक्ष र कार्य सम्पादन समितिले जानाजान गलत निर्णय गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस