गृह मन्त्रालय आफैँले पाउनुपर्ने रास्वपाको अडान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गृह मन्त्रालय आफैँले पाउनुपर्ने रास्वपाको अडान


१५ माघ २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पदमुक्त भएसँगै खाली बनेको गृह मन्त्रालय आफैँले पाउनुपर्ने अडान लिने भएको छ ।

पार्टीका नवनियुक्त कार्यवाहक सभापति डीपी अर्यालले रास्वपाको भागमा परेको गृह मन्त्रालयमा पार्टीले अर्को व्यक्ति तोक्न सक्ने बताए ।

उनले पार्टीगत हैसियतका आधारमा मन्त्रालय भागबन्डा गरिँदा आफ्नो पार्टीले गृह पाएको उल्लेख गर्दै अरूलाई नछाड्ने बताए ।

‘हाम्रो पार्टीले पाएको मन्त्रालयमा हामी नै जान्छौँ । यो विषय आज टुङ्गिन्छ,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस