प्रहरी श्रीमती सङ्घको निःशुल्क आँखा शिविर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रहरी श्रीमती सङ्घको निःशुल्क आँखा शिविर


१४ माघ २०७९, शनिबार


काठमाडौँ । नेपाल प्रहरी श्रीमती सङ्घले काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा तीन सय १४ जनाले सेवा लिएका छन् । सो शिविरमा प्रहरीका परिवार तथा सर्वसाधरणले आँखा परीक्षण गरेका थिए ।

सङ्घले तिलगङ्गा आँखा अस्पतालको सहयोगमा आज सङ्घको केन्द्रीय कार्यालय भृकुटीमण्डपमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

कार्यक्रममा सङ्घकी अध्यक्ष कुशुमलता सिंहले प्रहरी श्रीमती सङ्घले प्रहरी कर्मचारी, प्रहरी परिवार तथा सर्वसाधरणलाई लक्षित गर्दै विभिन्न किसिमका स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी दिइन् ।

उनले कुनै पनि व्यक्तिले समयमा आँखाको ज्योति गुमाउन नपरोस् भन्ने उद्देश्यले सञ्चालन गरिएको यस शिविरबाट आँखासम्बन्धी देखिने समस्याको पहिचान भई उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

सो अवसरमा उनले आँखा शिविर कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने तिलगङ्गा आँखा अस्पताल, समाजसेवी र प्रहरी अस्पतालका डाक्टरलाई प्रशंसापत्र प्रदान गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस