‘सुदूरपश्चिम र कर्णालीमा वर्षा’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘सुदूरपश्चिम र कर्णालीमा वर्षा’


१४ माघ २०७९, शनिबार


काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आइतबार अपराह्नदेखि देशको पश्चिम क्षेत्रबाट बादल भित्रिने र सुदूरपश्चिम तथा कर्णाली केही स्थानमा हल्का वर्षाको सम्भावना छ । आज बिहान तराईका भू–भागमा हुस्सु/कुहिरो लागेको थियो ।

‘पश्चिमी न्यून चापीय प्रणालीको असर पश्चिमी भेगमा पर्ने देखिन्छ । आइतबार अपराह्नदेखि सुदूरपश्चिम र कर्णालीमा बदली भई हल्का वर्षाको सम्भावना छ । आइतबार र सोमबार मौसम बिग्रिए पनि उक्त बादल क्रमशः पश्चिमबाट मध्य भेगतिर प्रवेश गर्ने भए पनि वर्षा गराउने भने देखिँदैन’, मौसमविद् अधिकारीले भने । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १ मा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस