भारतीय वायुसेनाका २ विमान दुर्घटना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतीय वायुसेनाका २ विमान दुर्घटना


१४ माघ २०७९, शनिबार


नयाँदिल्ली । भारतीय वायुसेनाका सुखोई-३० र मिराज २००० विमान दुर्घटना भएको छ । यस दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

मध्य प्रदेशको मोरेनामा स्थानीय समयअनुसार बिहान साढे ५ बजे वायुसेनाको सुखोई–३० एमकेआई र मिराज-२००० विमान दुर्घटनाग्रस्त भएको रक्षा स्रोतले जानकारी दिएको छ । दुवै विमान ग्वालियर एयरबेसबाट उडेका थिए।

घटनास्थलमा वायुसेनाका अधिकारी र जिल्ला प्रशासन कार्यालय पुगेका छन् । घटनाको जानकारी पाए लगत्तै प्रहरी र सेनाका अधिकारी घटनास्थलमा पुगेका थिए । घटनास्थलमा गाउँलेहरूको भीड जम्मा भएको छ ।

आकाशमै आगो बलेको थियो

प्रत्यक्षदर्शी गाउँलेका अनुसार विमानमा आकाशमै आगो लागेको थियो। त्यो देख्नेबित्तिकै जलिरहेको लडाकु विमान खसेको थियो । घटनास्थल नजिकै एक रेलवे स्टेशन पनि छ। यो लडाकु विमान आगराबाट उडेको बताइएको छ। दैनिक भास्कर

Tags :
प्रतिक्रिया दिनुहोस