मोजाम्बिकमा वर्षाका कारण ७५ जनाको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मोजाम्बिकमा वर्षाका कारण ७५ जनाको मृत्यु


१४ माघ २०७९, शनिबार


मापुतो । मोजाम्बिकमा गत अक्टोबरदेखि सुरु भएको वर्षायाममा देखिएका मौसमी घटना र प्राकृतिक प्रकोपका कारण करिब ७५ जनाको ज्यान गएको स्थानीय दैनिक पत्रिका जर्नल नोटिसियाले शुक्रबार उल्लेख गरेको छ ।

सबैभन्दा बढी मृत्यु मनिका र जाम्बेजियाको केन्द्रीय प्रान्तमा भएको थियो ।

‘वर्षा र तीव्र हावा, चट्याङ र जङ्गलमा लागेको डढेलाका कारण ९० जना घाइते भएका छन् र चार हजार एक सय १९ घर पूर्णरूपमा ध्वस्त भएका छन्। अन्य तीन हजार तीन सय ५६ घर जलमग्न भएका छन्,’ प्रतिवेदनमा उल्लेख छ ।

अक्टोबरदेखि हालको सातासम्म मौसमी घटनाले ५६ हजार नौ सय ३० विद्यार्थी र नौ सय ४० शिक्षकका साथै देशभरका एक हजार नौ सय १७ किलोमिटर सडकलाई पनि असर गरेको प्रतिवेदनले जनाएको छ ।

जलवायु परिवर्तनबाट सबैभन्दा जोखिममा रहेका देशहरूमध्ये यो देश पनि प्रमुख हो । यहाँ हिन्द महासागरबाट उष्णकटिबन्धीय चक्र बातहरू र दक्षिणी अफ्रिकाको हाइड्रोग्राफिक बेसिनहरूमा हुने बाढीबाट यहाँ विशेष खतरा छ ।

मोजाम्बिकमा गत वर्षाको मौसममा आएको प्राकृतिक प्रकोप, उष्णकटिबन्धीय चक्रवात गोम्बेका कारण एक सय ४२ जनाको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस