दान पेटिकाको रकममा तलब थपेर सहयोग गर्ने मन्त्री किरातीको घोषणा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दान पेटिकाको रकममा तलब थपेर सहयोग गर्ने मन्त्री किरातीको घोषणा


१४ माघ २०७९, शनिबार


काठमाडौँ । पर्यटन, संस्कृति, नागरिक उड्डयनमन्त्री सुदन किरातीले खादा, मालाको सट्टामा राखेको दान पेटिकामा सङ्कलन भएको रकम शिक्षा क्षेत्रमा लगानी गर्ने बताएका छन् ।

दान पेटिका बन्द गरिएको जानकारी दिँदै मन्त्री किरातीले आफ्नो एक महिनाको तलबसमेत थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

मन्त्री भएपछि किरातीले खादा र माला लगाएर बधाई दिनुको सट्टा सहयोग गर्न भन्दै दान पेटिका राखेका थिए ।

बिदाबाहेक सात दिनमा दान पेटिकामा सङ्कलित रकम, आफ्नो एक महिना र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर ६ लाख ४३४ रकम जम्मा भएको मन्त्री किरातीले बताएका छन् ।

सङ्कलन भएको रकम दुर्गमको विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने उनले बताए । विद्यालय छनोट गरी चाँडै हस्तान्तरण हुने मन्त्री किरातीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस