२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : स्वास्थ्य मन्त्री गिरी

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले जस्तोसुकै रोगको उपचार पनि नेपालमै गर्ने गरी स्वास्थ्य क्षेत्र सुधार गर्ने बताएका छन् । पर्वतको कुश्मा नगरपालिका-११ पकुवामा रहेको स्थानीय वीरेन्द्र माध्यमिक विद्यालयको आइसिटी कक्षाको आज उद्घाटन गर्दै उनले नेपालको स्वास्थ्य क्षेत्रमा थुप्रै खालका जटिलता रहेको र अब आफू यसको सुधारमा लाग्ने बताए । मन्त्री गिरीले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानमा केन्द्रित हुने स्पष्ट पारे ।

“जस्तोसुकै रोगको उपचार पनि नेपालमै गर्न सकिने गरी स्वास्थ्य क्षेत्रको सुधार आवश्यक छ”, उनले भने, “यसका लागि नीतिगत,  कानुनी तथा प्राविधिक विषय सच्याएर अघि बढ्नुपर्छ ।” नेपालका ठूला अस्पतालको क्षमता विस्तार तथा ग्रामीण क्षेत्रमा रहेका अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको उपलब्धतालाई ध्यान दिइने पनि बताए । 

दक्ष जनशक्ति ग्रामीण क्षेत्रमा बस्न नचाहने समस्याले पनि गाउँका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा उपभोग गर्न नपाएको बताउँदै अब हरेक सरकारी चिकित्सकलाई न्यूनतम समय तोकेर दूर दराजका स्वास्थ्य संस्थामा परिचालन गरिने पनि बताए । स्वास्थ्य मन्त्रालय संवेदनशील मन्त्रालय भएको बताउँदै उनले हरेक वर्ग र समुदायका नागरिक उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गरिने प्रतिबद्धता व्यक्त गरे । 

उनले पर्वत जिल्लाका सातवटै स्थानीय तहमा आगामी पाँच वर्षभित्र सुविधा सम्पन्न अस्पताल खोल्ने घोषणा पनि गरेका छन् । 

प्रतिक्रिया दिनुहोस