सर्वोच्च परिसरमा सुरक्षा तैनाथी बढाइयो « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सर्वोच्च परिसरमा सुरक्षा तैनाथी बढाइयो


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । गृहमन्त्री  रवि लामिछानेको नागरिकता विवादको रिटमा सुनुवाइ सकिएसँगै सर्वोच्च अदालत परिसरमा सुरक्षा बढाइएको छ ।  प्रहरीले आवश्यकता अनुसार सो क्षेत्रमा सुरक्षा तैनाथ गरेको प्रहरी परिसर काठमाडौँका एसपी दिनेश मैनालीले बताए । 

अमेरिकाको नागरिकता त्याग नगर्दै नेपाली राहदानी प्राप्त गरेको आरोप गृहमन्त्रीमाथि छ । 

लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता स्वतः खारेज भएको र पुनः नेपालको नागरिकता प्राप्त गर्न नागरिकता सम्बन्धी ऐन, २०६३ बमोजिमको प्रक्रिया पूरा नगरेको आरोप छ । 

नागरिकता  पुनः प्राप्तिको प्रक्रिया नै पूरा नगरेका लामिछाने नेपाली नागरिक नरहेको र गृहमन्त्री, सांसद बन्न अयोग्य रहेको तर्क गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस