प्रेम आचार्यलाई भेटेकोबारे स्वास्थ्य राज्यमन्त्री कार्कीले दिईन स्पष्टीकरण  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रेम आचार्यलाई भेटेकोबारे स्वास्थ्य राज्यमन्त्री कार्कीले दिईन स्पष्टीकरण 


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई राज्य छ भन्ने अनुभूति दिलाउनका लागि आफू आइसियुमै भेट्न गएको स्पष्टीकरण दिएकी छिन् ।

शुक्रबार बिहान फेसबुक सन्देशमार्फत सार्वजनिक गरिएको स्पष्टीकरणमा अस्पताल पुगेर मृत्युअघि आचार्यलाई भेटेर गल्ती नगरेको तर्क उनले गरेकी छन् । मृत्युसँग सङ्घर्ष गरिरहेको बिरामीलाई आइसियु प्रोटोकल विपरीत भेटेको भन्दै उनको आलोचना भइरहेको छ ।

डा. कार्कीले ‘ऊ चाँडै नै यो संसार छोड्दैछ’ भन्ने थाहा भएरै समयै गएर भेटेकोमा सन्तोष व्यक्त गरेकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस