थुलुङ दूधकोसीका अध्यक्षले आफ्नै लगानीमा एमबिबीएस पढाउने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

थुलुङ दूधकोसीका अध्यक्षले आफ्नै लगानीमा एमबिबीएस पढाउने


१३ माघ २०७९, शुक्रबार


सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष अशिम राईले आफूले पाउने तलब सुविधाबाट एक विद्यार्थीलाई एमबिबीएस पढाउने भएका छन् । उनले खर्च अभावले पढ्न नपाएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमबिबीएस पढाउने निर्णय गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा थुलुङ दूधकोशीबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएपछि राईले उक्त निर्णय गरेका हुन् । उनले यही माघ १२ गते सूचना जारी गर्दै छात्रवृत्तिका लागि आवेदन दिन आह्वान गरेका छन् ।

अध्यक्ष राईले गाउँपालिका भित्रका इच्छुक विद्यार्थीले सम्बन्धित विषयको प्रवेश परीक्षा उत्तीर्ण गरी गाउँपालिकामा १५ दिनभित्र आवेदन दिन आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस