माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ । हिजोदेखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने सचिव देवेन्द्र पौडेलले बताए ।

हिजो बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् । प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए ।

आज अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले आ आफ्नो धारणा राख्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस