‘पार्टीभित्र एकले अर्कालाई नस्वीकार्ने खतरनाक संस्कार विकास भयो’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘पार्टीभित्र एकले अर्कालाई नस्वीकार्ने खतरनाक संस्कार विकास भयो’


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले समानुपातिकतर्फ पनि अन्तर्घात गर्ने नयाँ रोग पार्टीमा भित्रिएको बताएका छन्।

नेपाली काँग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता महतले प्रत्यक्षतर्फ हुँदै आएको अन्तर्घात यसपटक समानुपातिकमा पनि प्रवेश गरेको बताए।

‘पार्टीलाई घात गरेर अन्यत्रै भोट हालिएको छ। आफ्नै साथीलाई स्वीकार्न नसकेर अरु पार्टीका उम्मेदवारहरूलाई भोट हाल्ने काम पनि भएको छ,’ महतले भने, ‘आफ्नै साथीलाई हामी स्वीकार्न तयार छैनौँ, बरु अन्यत्र मतदान गरिरहेका छौँ।’

उनले पार्टीमा आग्रह पूर्वाग्रह तल्लो तहसम्म पुगेको बताउँदै विभाजित मानसिकता हाबी भएको टिप्पणी गरे। एकले अर्कालाई नस्वीकार्ने खतरनाक संस्कार पार्टीभित्र मौलाएको उनको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस