झुठा विवरण देखाई नागरिकता लिएको कसुरका महिला पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

झुठा विवरण देखाई नागरिकता लिएको कसुरका महिला पक्राउ


१२ माघ २०७९, बिहिबार


पक्राउ

काठमाडौँ । प्रहरीले झुठा विवरण देखाई नागरिकता लिएको कसुरमा एक महिलालाई पक्राउ गरेको छ ।

बुढानीलकण्ठ नगरपालिका-१२ चुनिखेल बस्ने चितवन खैरहनी नगरपालिका ८ घर भएकी ३२ वर्षीया युवन्तीका तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

झुठा विवरण पेस गरी वंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र लिएको भन्ने मुद्दाको अनुसन्धानको सिलसिलामा तामाङलाई जिल्ला अदालत चितवनबाट प्रदान गरिएको पक्राउ अनुमति पत्रको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । 

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस