दुई दर्जन बढी प्रमुख प्रशासकीय अधिकृतको सरुवा, सूची गुपचुप  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दुई दर्जन बढी प्रमुख प्रशासकीय अधिकृतको सरुवा, सूची गुपचुप 


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको फाइल खोल्न सुरु गरेको छ । नयाँ सरकार गठनसँग नवनियुक्त मन्त्रीले विभिन्न तहका कर्मचारीको सरुवा गर्न सुरु गरेका छन् । 

प्रशासन सिंहदरवा विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार बिहीबार(आज) मात्रै मन्त्रालयले करिब ३० जनाको हाराहारीमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको छ । तर सूची भने गुपचुपमै छ । जति पारदर्शिता, निष्पक्षता र न्यायिकका भाषण ठोकिए पनि निर्णय भई सकेको विषय नै गुपचुप राख्नुले पनि भनाई र गराई बिचको अन्तर स्पष्ट हुन्छ । 

अनेक शक्तिकेन्द्र र पावर अभ्यासबाट मुक्त हुन नसकेकै कारण कर्मचारीको नियमित प्रक्रियाका रूपमा लिइने सरुवा निर्णयसमेत यसरी लुकाउनु परेको कुराबारे प्रायः आम कर्मचारी जानकार छन् । तर गठबन्धन सरकारले त थोरै सुधार ल्याउला भन्ने झिनो आस भए पनि केही दिनयताका निर्णय र कामकारबाहीबाट जति जोगी आए पनि कानै चिरेका भन्ने नेपाली उखान चरितार्थ भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस