निर्वाचनसम्बन्धी ऐन संशोधनको तयारीमा छौँ : दिनेश थपलिया « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्वाचनसम्बन्धी ऐन संशोधनको तयारीमा छौँ : दिनेश थपलिया


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सुधारका लागि ऐन संशोधनको तयारीमा रहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनको सुधारका लागि निर्वाचन ऐन संशोधन मुख्य कुरा भएको औँल्याउँदै थपलियाले त्यसको संशोधन गर्ने कामलाई आयोगले अघि बढाएको बताएका हुन् । 

उनले भने, ‘हामी यही संसदमा एकीकृत निर्वाचन कानुन लिएर जाने तयारीमा छौँ । त्यसकारण तपाईहरुसँगको यो बसाई र त्यसपछिका सुधारका कुराहरू पनि त्यो ऐनलाई टेकेर ऐनमा के कुरा लिएर जाने, त्यो पनि हामी लिएर जान्छौँ । ‘

२०७४ सालको निर्वाचन पछि निर्वाचन आयोगको एक अध्ययन प्रतिवेदनले निर्वाचनको सुधारका लागि १४७ वटा क्षेत्रमा सुधार हुनुपर्ने र त्यसमध्ये ८२ वटा चाहिँ ऐन नै संशोधन गर्नुपर्ने भनेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनसम्बन्धी ऐन संशोधन आयोगको मुख्य कार्यभारको रूपमा रहेको स्पष्ट पारे । त्यसका लागि सम्बन्धित निकायहरूसँग थप छलफल गरी ऐन संशोधनको एकीकृत मस्यौदा तयार पार्ने आफूहरूको योजना रहेको उनको भनाई थियो ।

उनले भने, ‘ अबको साँढे २ वर्षको अवधिमा २०७४ सालको निर्वाचनका एउटा सानो घटना म तपाईँहरूलाई बताउन चाहन्छु । निर्वाचन आयोगले मात्रै एउटा अध्ययन गरेर कति वटा सुधार गर्नुपर्छ भनेर प्रतिवेदन निकाल्दा १४७ वटा क्षेत्रमा सुधार गर्नुपर्छ भनेको रहेछ । ती मध्ये ८२ वटा कुरा चाहिँ ऐन मै संशोधन गरेर सुधार गर्नुपर्छ भनेर लेखिएको रहेछ । भनेपछि मेजर कुरा त ऐन छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस