शिक्षा क्षेत्रको रूपान्तरण आवश्यक छ : शिक्षामन्त्री खनाल « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

शिक्षा क्षेत्रको रूपान्तरण आवश्यक छ : शिक्षामन्त्री खनाल


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले शिक्षा क्षेत्रको रूपान्तरणका लागि सबैसँग सहकार्य गरी अघि बढ्ने बताएका छन् ।

उनले नेपालको शिक्षा जटिल अवस्थामा रहेको र यसलाई रूपान्तरण गर्नका लागि अग्रज तथा विज्ञहरूसँग छलफल र समन्वय गर्ने बताए ।

“मुलुकको शिक्षा जटिल अवस्थामा छ, शिक्षा क्षेत्रमा ठूलो संरचना निर्माण गर्नुपर्नेछ”, उनले भने, “विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्‍याउन र गुणस्तर बढाउने विषयमा काम गर्नेछु ।”

उनले शिक्षाको गुणस्तरीयतासँगै ८० लाख विद्यार्थी र ४/५ लाख शिक्षक व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस