२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता मात्र होइन, नवीन सिर्जनाका लागि अवसर हो : राष्ट्रपति भण्डारी

अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरस्वती पूजा नवीन सिर्जनाका लागि प्रेरित गरिरहने अवसर भएको बताएकी छन्। वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना दिँदै उनले पर्वको माध्यमबाट मौलिक संस्कृतिको संरक्षण एवम् संवर्द्धन हुने बताएकी छन्।

‘आजको दिन गरिने वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव उर्जाशील बनाइराख्ने र नवीन सिर्जनाका लागि प्रेरित गरिरहने अवसर पनि हो ।’राष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘यस पर्वको माध्यमबाट मौलिक संस्कृतिको संरक्षण एवम् संवर्द्धनका साथै मुलुकको सामाजिक तथा सांस्कृतिक विविधता बीच एकता कायम गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन समेत योगदान पुग्ने विश्‍वास लिएको छु ।’

वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा विद्याकी देवी सरस्वतीको हामी सबैमा कृपा रहिरहोस् भनी भण्डारीले शुभकामना गरेकी छन्। सरस्वतीलाई शिक्षा, ज्ञान, कला र सङ्गीतकी आदिस्रस्टाका रूपमा मानिने परम्परा रहिआएको उनको भनाई छ । सन्देशमा भनिएको छ, ‘सरस्वती प्रकाशोत्सवले एकातिर हाम्रो सभ्यतामा शिक्षा र कलाको महत्त्व दर्शाउँछ भने अर्कोतिर मातृशक्ति नै ज्ञान निर्माणको आधारभूत स्रोत रहेको पक्ष पनि उजागर गर्दछ । प्रकाशबाट विविध रङ्गहरू जन्मिए भने रङ्गबाट मानिसले कलाका बहुआयाम विकास गर्‍यो।’

सरस्वतीको एउटा हातमा रहेको वीणालाई नादको रचना गर्ने यन्त्र मानिएको छ । ब्रम्हाण्डमा नाद अर्थात् ध्वनी मात्र सर्वव्यापक छ । यन्त्र र नादको लयबाट संगीतको रचना भएको वैदिक मान्यता पाइन्छ । अर्को हातमा रहेको पुस्तकलाई अक्षरको स्रोत मानिएको छ । क्षय नहुने रचनालाई अक्षर भनिन्छ । लेखिएका कुराहरू कहिल्यै नाश हुँदैनन् भन्ने भावबाट नै मानव सभ्यताले लेख्य भाषाको विकास र परिष्कार गरेको पाइन्छ ।

वसन्त पञ्चमीकै दिन बालबालिकाहरूलाई घरमै अक्षरारम्भ गराउने वा विद्यालय भर्ना गर्ने, कला(सङ्गीतका साधकहरूले आफ्ना कुची एवं वाद्ययन्त्रहरूलाई सरस्वतीकै देन मानेर पूजा गर्ने परम्परा विकास भएको सन्देशमा उल्लेख छ ।

वसन्त पञ्चमीको प्राकृतिक महत्व उत्तिकै छ । साहित्यकार र कविहरूका लागि वसन्त आफैंमा नयाँ रङ्ग र फूलहरूको उत्सव हो । वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै हिउँदको जाडोबाट क्रमशस् न्यानो हुँदै जाने हुनाले आजको दिनले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ ।

प्रतिक्रिया दिनुहोस