मोटरसाइकल दुर्घटनामा प्रदेश सभा सचिवालयका अधिकृतको निधन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मोटरसाइकल दुर्घटनामा प्रदेश सभा सचिवालयका अधिकृतको निधन


११ माघ २०७९, बुधबार


काठमाडौँ। सवारी दुर्घटनामा परी प्रदेश नम्बर १ प्रदेश सभा सचिवालयका एकजना कर्मचारीको निधन भएको छ । बुधबार विराटनगर महानगरपालिका-३ स्थित ढाटमा भएको मोटरसाइकल दुर्घटनामा सचिवालयका अधिकृत प्रेमबहादुर श्रेष्ठको निधन भएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार सुनसरीको धरान उपमहानगरपालिका-८ घर भएका श्रेष्ठ कार्यालयतर्फ आउने क्रममा दुर्घटनामा परेका थिए ।

उनका अनुसार गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा अपराह्न उनको मृत्यु भएको प्रजिअ दाहालले बताए।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १-०४-००१ ब ०००७ नम्बरको मोटरसाइकल र उत्तरतर्फ जाँदै गरेको को ३८ प ५३८७ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाँदा घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक बूढीगङ्गा गाउँपालिका-२ का ३५ वर्षीय रोशन विक र पछाडि सवार विराटनगर-४ का २५ वर्षीय विशाल प्रसाईँ सामान्य घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस