गण्डकीका नव नियुक्त मन्त्रीहरूद्वारा पदबहाली « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

गण्डकीका नव नियुक्त मन्त्रीहरूद्वारा पदबहाली


११ माघ २०७९, बुधबार


काठमाडौँ । गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयमा पदबहाली गरेका छन्।

मुख्यमन्त्री खगराज अधिकारीले मङ्गलवार साँझ तीन मन्त्री थप गरी मन्त्रिपरिषद्लाई पूर्णतादिएका थिए। यसअघि नियुक्त मन्त्रीहरूको कार्यविभाजन तोकिएपछि आज बिहान मन्त्रीहरूले पदभार ग्रहण गरेका हुन्।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान, आर्थिक मामिलामन्त्री सीता कुमारी सुन्दास, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जाली र आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा मगरले बिहान पदबहाली गरेका हुन्।

यसैगरी, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ र कृषि तथा जलस्रोतमन्त्री बेदबहादुर गुरुङले भने मङ्गलवार साँझ नै पदबहाली गरेका थिए।

पदभार ग्रहण गर्दै भौतिक पूर्वाधार विकासमन्त्री चुमानले प्रदेश सरकारको गौरवका आयोजनाका रूपमा रहेको तनहुँको बन्दीपुर र देवघाट गाउँपालिकाको सिमाना सेती नदीमा बन्ने एक सय १५ मिटर लामो पक्की पुल निर्माणका लागि संक्षिप्त वातावरणीय प्रभावको अध्ययन प्रतिवेदन स्वीकृतिका लागि पेस भएको टिप्पणी सदर गरे।

सो क्रममा उनले सङ्घीयताको कार्यान्वयनमा लाग्न र सबै खालका प्रयासमा साथ दिन आग्रह गरे।

अन्य मन्त्रीहरुलेसमेत पदबहालीसँगै मन्त्रालयसँग सम्बन्धित निर्णय सदर गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस