गृहमन्त्रीको नागरिकता विवादमा सुनुवाइ जारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गृहमन्त्रीको नागरिकता विवादमा सुनुवाइ जारी


११ माघ २०७९, बुधबार


काठमाडौँ । सर्वोच्च अदालतमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको हो ।

यसअघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रूपमा राख्न भनेको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि आज फैसला हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस