माओवादीले पनि टुङ्ग्यायो नयाँ तीन मन्त्री « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

माओवादीले पनि टुङ्ग्यायो नयाँ तीन मन्त्री


११ माघ २०७९, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले पनि बागमती प्रदेशमा आफ्नो तर्फबाट पाउने थप तीनजना मन्त्रीको नामावली फाइनल गरेको छ ।

माओवादीले मकवानपुरकी कुमारी मोक्तान, सिन्धुपाल्चोकका युवराज दुलाल तथा सिन्धुलीका गङ्गानारायण श्रेष्ठलाई मन्त्री बनाउने भएको हो ।

श्रेष्ठले आन्तरिक मामिला मन्त्रालय, दुलालले भौतिक योजना तथा मोक्तानले सामाजिक विकास मन्त्रालय पाउने भएका छन् ।

गठबन्धनमा माओवादीलाई थप ४, एमालेलाई ४ र राप्रपालाई थप १ मन्त्री पाउने गरी निर्णय भएको थियो ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित गत पुस २६ गते एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपाका संसदीय दलका नेता उद्धव थापाले यसअघि मन्त्रीको कार्यभार सम्हालिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस