बागमती गठबन्धनमा यसरी मिल्यो भागबण्डा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बागमती गठबन्धनमा यसरी मिल्यो भागबण्डा


११ माघ २०७९, बुधबार


काठमाडौँ । बागमती प्रदेशको ११ मन्त्रालयमा सत्तारुढ गठबन्धनका तीन दलबीच भागबण्डा मिलेको छ ।

मङ्गलवार साँझ र बुधबार बिहानको बैठकले माओवादीलाई ४, एमालेलाई ४ र राप्रपालाई १ मन्त्री पाउने गरी निर्णय भएको पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।

एमालेले मकवानपुरका एकालाल श्रेष्ठ, काठमाण्डौँका केशव पोखरेल तथा ललितपुरका रामेश्वर श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरिसकेको छ । एकालाललाई श्रम, रोजगार तथा यातायात, रामेश्वरलाई स्वास्थ्य र पोखरेललाई कृषि तथा पशुपन्छी विकास मन्त्री बन्ने भएका छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित गत पुस २६ गते एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपाका संसदीय दलका नेता उद्धव थापाले यसअघि मन्त्रीको कार्यभार सम्हालिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस