१ सय ४८ जना बालबालिकालाई विद्यालय पोसाक सहयोग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१ सय ४८ जना बालबालिकालाई विद्यालय पोसाक सहयोग


११ माघ २०७९, बुधबार


डोटी । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ ले सिलगढीमा रहेको बाल मन्दिर आधारभूत विद्यालयमा अध्ययनरत १ सय ४८ जना बालबालिकाहरूलाई विद्यालय पोसाक वितरण गरेको छ ।

वडा कार्यालयले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै विद्यालयमा अध्ययनरत ५४ जना छात्र र ९४ जना छात्राहरूलाई तलमाथि लगाउने विद्यालय पोसाक वितरण गरेको हो ।

आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरूलाई केही राहत होस भन्ने हेतुले विद्यालय पोसाक सहयोग गरेको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेश मलासिले बताए । उनले भने हामीले गरेको धेरै ठुलो सहयोग त होइन तर पनि सबै बिद्यार्थिहरुलाई विद्यालय पोसाक दिँदा बिद्यार्थिहरुमा हौसला आउनुका साथै शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुगोस् भन्ने अपेक्षा लिएको बताए । वडा नम्बर ६ लाई पूर्ण बालश्रम मुक्त वडा घोषणाका लागि निरन्तर लागिरहेको समेत वडा अध्यक्ष मलासीले बताए ।

बालबालिकालाई पढाई प्रति आकर्षित गराउनमा यस्ता कार्यले सहयोग गर्ने डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । उनले भनिन् बिद्यार्थिहरुको शैक्षिक गुणस्तर बढाउन विद्यालयमा गरिने पढाई लेखाइले मात्र पुग्दैन बिद्यार्थिहरुलाई उत्प्रेरण जगाउने खालका क्रियाकलाहरू पनि अनिवार्य आवश्यक रहेको बताए । बिद्यार्थिहरुलाई गरेको सहयोगले पनि बिद्यार्थिहरुको पढाई तर्फको मनोबल बढाउन सहयोग पुग्ने बताइन् । स्थानीय सरकारले बिद्यार्थिहरुलाई सहयोग पुग्ने खालका कार्यक्रमहरूलाई जोड दिन आवश्यक रहेको समेत बताइन् ।

डोटीको जिल्ला सदरमुकाम सिलगढीमा रहेको बाल मन्दिर आधारभूत विद्यालयमा प्राय आर्थिक स्थिति कमजोर भएका, आमा बुवा नभएका बालबालिकाहरू बढी अध्ययन गर्ने गरेको विद्यालयले जनाएको छ ।

वडा कार्यालयले विद्यालयमा गएर आयोजना गरेको विद्यालय पोसाक वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, प्रहरी कार्यालय, नागरिक समाज, पत्रकार र स्थानीयहरूको सहभागिता रहेको थियो । वडा कार्यालयले आर्थिक वर्ष २०७९/८०मा विनियोजन गरेको वडाको कार्यक्रमबाट बालबालिकाहरूलाई सहयोग गरेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस