मानव बेचबिखन र बलात्कार आरोपित मनोज पाण्डे दोषी ठहर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मानव बेचबिखन र बलात्कार आरोपित मनोज पाण्डे दोषी ठहर


१० माघ २०७९, मंगलबार


काठमाडौँ । बाल यौन दुरुपयोग र मानव बेचबिखनको मुद्दामा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे दोषी ठहर भएका छन् । मङ्गलवार काठमाडौँ जिल्ला अदालतले पाण्डेलाई दोषी ठहर गरेको हो ।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार मङ्गलवार न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई दोषी ठहर गरेको हो ।

प्रहरीले पाण्डेविरुद्ध बाल यौन दुरुपयोग र मानव बेचबिखनको छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो । जसमध्ये बाल यौन दुरुपयोगमा पाण्डेलाई ६ महिनाको कैद, पाँच हजार रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।

त्यसै गरी मानव बेचबिखनको मुद्दामा समेत पाण्डे दोषी ठहर भएका छन् । दोषी ठहर भए पनि सजाय निर्धारणका लागि भने माघ २३ गतेको पेशी तोकिएको छ ।

मुलुकी फौजदारी कार्यविधि संहित अनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै पेशी तोक्ने व्यवस्था छ । सोही अनुसार पाण्डेलाई मानव बेचबिखनको मुद्दामा सजाय निर्धारकका लागि माघ २३ को पेशी तोकिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस