वामदेव जी छिटो समाजवादीमा आउनुस् : माधव नेपाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वामदेव जी छिटो समाजवादीमा आउनुस् : माधव नेपाल


१० माघ २०७९, मंगलबार


काठमाडौँ । वामपन्थी नेता वामदेव गौतमलाई पार्टी प्रवेश गर्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आग्रह गरेका छन्।

मङ्गलवार दुई नेताबीच भएको भेटका क्रममा अध्यक्ष नेपालले गौतमलाई पार्टीमा समाहित हुन प्रस्ताव गरेका हुन्। एमाले परित्याग गरेपछि गौतम एकता अभियान सञ्चालन गरिरेका छन्।

जवाफमा गौतमले प्रस्तावलाई सकारात्मक रूपमा लिएको छिट्टै निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। समाजवादीको पार्टी कार्यालय आलोकनगरमा भएको भेटमा गौतमले आफ्ना दस्ताबेज तथा पुस्तकहरू अध्यक्ष नेपाललाई हस्तान्तरण गरे।

दुई नेताले दस्ताबेजहरू अध्ययन गर्ने र त्यस विषयमा अर्को भेटमा छलफल गर्ने सहमति भएको छ। भेटमा समाजवादीका उपाध्यक्ष द्वय प्रमेश हमाल र केशवलाल श्रेष्ठ, उपमहासचिवद्वय प्रकाश ज्वाला र गङ्गालाल तुलाधरको उपस्थिति थियो।

केही समय अघि घनश्याम भुसाल एकीकृत मसाजवादीमा प्रवेश गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस