गृहमन्त्री लामिछाने र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गृहमन्त्री लामिछाने र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता


१० माघ २०७९, मंगलबार


काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।

आज मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सहकार्य र आपसी हित अभिवृद्धिलगायतका विषयमा कुराकानी भएको हो ।

नेपालको पूर्वाधार विकास, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा पहुँच अभिवृद्धि, जलवायु परिवर्तनको असरबाट पर्ने प्रभाव न्यूनीकरण, ऊर्जाको विकास, प्रविधि हस्तान्तरणलगायतका विषयमा अमेरिकी सरकारबाट हुँदै आएको सहयोगलाई निरन्तरता दिँदै अघि बढ्ने विषयमा छलफल भएको गृहले जनाएको छ ।

भेटवार्तामा राजदूत थम्सनसँगै नियोग उपप्रमुख लगायतका प्रतिनिधि, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका अधिकारीहरू सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस