उपकुलपति गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर  « प्रशासन
Logo २७ जेष्ठ २०८०, शनिबार
   

उपकुलपति गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर 


९ माघ २०७९, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले नपाएको ओहोदा पाएँ भनी पदीय मर्यादा विपरीत काम गरेको भन्दै अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । गिरीले प्राध्यापक नभई प्राध्यापक हुँ भनी उक्त पदको प्रयोग गरेकाले भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरूले विश्वास गरोस् भनी बदनियत साथ कुनै पनि आधिकारिक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाएँ भनी अरूले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएको अख्तियारको भनाइ छ ।

डा. गिरीले गरेको काम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएको भन्दै अख्तियारले उनलाई सोही दफा अनुसार कारबाही गर्न माग गरेको छ । 

डा. ज्ञानेन्द्रमान सिंह कार्कीले डा. ज्ञानेन्द्र गिरीलाई प्रोफेसर पदको अनुमोदनको लागि काठमाडौँ विश्वविद्यालयमा सिफारिस गर्नसम्म सक्नेमा नियुक्ति नै दिएको देखिएको भन्दै अख्तियारले कार्कीलाई मतियारको रूपमा कारबाही गर्न माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस