‘वडा-वडामा बैङ्कका शाखा पुग्नु पर्छ’ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

‘वडा-वडामा बैङ्कका शाखा पुग्नु पर्छ’


९ माघ २०७९, सोमबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बैङ्किङ पहुँच विस्तार गर्न अब वडा-वडामा बैङ्कका शाखा पुग्नु पर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घले सोमबार आयोजना गरेको साना, घरेलु तथा मझौला उद्योग (एसएमई) सम्मेलनमा उनले बैङ्किङ शिक्षाको कमी अझै पनि भएकाले अब सबै बैङ्कले ध्यान दिनु पर्ने बताएका छन् ।

कुल जिडिपीको ९७ प्रतिशत कर्जा निजी क्षेत्रमा गएको र त्यसलाई कडाइ गर्नु पर्ने उनको भनाइ छ । विश्वमा यस्तो कर्जा ६० प्रतिशतभन्दा तल हुने गरेको उनले बताए ।

बैङ्कले दिएको सहुलियतपूर्ण कर्जाका कारण महिला तथा साना उद्योगमा सकारात्मक असर देखिएको भट्टले बताए । तर, वित्तीय साक्षरता आवश्यक रहेकोमा उनको जोड छ ।

Tags :
प्रतिक्रिया दिनुहोस