भारतीय सहयोगका आयोजनालाई गति दिन उपप्रधानमन्त्री श्रेष्ठको आग्रह « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

भारतीय सहयोगका आयोजनालाई गति दिन उपप्रधानमन्त्री श्रेष्ठको आग्रह


९ माघ २०७९, सोमबार


काठमाडौँ । नेपालमा भारतीय सहयोगमा सञ्चालित आयोजनाको प्रगति र समस्यालगायतका विषयमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भारतीय अधिकारीसँग छलफल गरेका छन्।

उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेटका लागि पुगेका भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव प्रभात कुमारलगायतका अधिकारीलाई भौतिक पूर्वाधारका आयोजनालाई शीघ्र अगाडि बढाउन उनले आग्रह गरे।

भारतीय सहयोगमा सञ्चालित जनकपुर-जयनगर रेलमार्ग, भारतीय आयात निर्यात (एक्जिम) बैङ्कको ऋण सहयोगमा अगाडि बढेका आयोजनालगायतका बारेमा उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक चासो राख्दै सहजीकरणको लागि भारतीय सचिवलाई आग्रह गरेको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए।

यस्तै, काठमाडौँ-रक्सौल रेलमार्ग तथा अन्य परियोजनाका बारेमा महत्त्वपूर्ण छलफल भएको उनको भनाइ छ। सो रेलमार्गको विस्तृत डिजाइनको काम भइरहेको छ।

छलफल निरन्तर अगाडि बढाउने र परियोजनामा देखिएका समस्या समाधानका लागि सबै उपायको खोजी गर्ने विषयमा त्यस अवसरमा महत्त्वपूर्ण विचार आदानप्रदान भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस