प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त


९ माघ २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक सल्लाहकारमा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेल नियुक्त हुने भएका छन् ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले सोमबार गजुरेललाई राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेका हुन् ।

सिन्धुली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको चुनाव लड्न खोजेका उनलाई अन्तिम समयमा टिकट नदिएर लेखनाथ दाहाललाई दिइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस