अमेरिकाको क्यालिफोर्नियामा एक डान्स क्लबमा गोली चल्दा १० जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अमेरिकाको क्यालिफोर्नियामा एक डान्स क्लबमा गोली चल्दा १० जनाको मृत्यु


९ माघ २०७९, सोमबार


वासिंटन । अमेरिकाको क्यालिफोर्निया राज्यको मोन्टरेपार्क नगरमा शनिबार राति भएको गोली काण्डमा १० जनाको मृत्यु भएको छ।

नगरको एउटा डान्स क्लबमा भएको उक्त गोली प्रहारमा अन्य १० जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ। स्थानीय समयअनुसार राति करिब साढे १० बजेतिर उक्त घटना भएको जनाइएको छ।

घटनास्थल चिनियाँ नयाँ वर्षको उत्सव मनाउन तय गरिएको स्थाननजिकै रहेको जनाइएको छ। नयाँ वर्ष मनाउन हजारौँ मानिस भेला भएका थिए भने उक्त महोत्सवका लागि राती ९ बजेसम्मको समय तय गरिएको थियो।

आक्रमणकारी एक जना पुरुष भएको र ऊ फरार रहेको जनाइएको छ। मोन्टरे पार्क नगर लस एन्जलस सहरबाट करिब ११ किलोमिटरको दूरीमा छ। करिब ६१ हजार जनसङ्ख्या रहेको यस नगरमा ठूलो संख्यामा एसियाली मूलका मानिसको बसोबास छ।

दुई दिने महोत्सवको पहिलो दिन उक्त घटना भएको हो। गोली काण्डपछि आइतबारको महोत्सव रद्द गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस