प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई मुख्यमन्त्री गिरीले दिए यस्तो निर्देशन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई मुख्यमन्त्री गिरीले दिए यस्तो निर्देशन


८ माघ २०७९, आइतबार


काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले रुपन्देहीको सुरक्षाका अधिकारीहरूलाई शान्ति सुरक्षा व्यवस्था र सेवा प्रवाहलाई प्रभावकारी एवम् सहज बनाउन निर्देशन दिएका छन्।

मुख्यमन्त्रीसँगको छलफलमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, रुपन्देही प्रहरी प्रमुख (एसपी) रवीन्द्र रेग्मी, सशस्त्रका प्रहरीका प्रमुख गगन श्रेष्ठ र अनुसन्धान कार्यालयका प्रमुख सँग मुख्यमन्त्री निवास बुटवलमा छलफल गरेका थिए।

गिरीले बजारमा अराजकता हुन नदिन, उपभोक्ताको हितमा केन्द्रित रहन, सामाजिक सद्भाव कायम राख्न, गौरवका आयोजनाका काममा सुरक्षा प्रबन्ध मिलाउन, जनतामा शान्ति सुरक्षाको प्रत्याभूति हुनेगरी काम गर्न निर्देशन दिए।

सो अवसरमा प्रजिअ पाण्डेले जिल्लामा रहेका सरकारी भवनको व्यवस्थापन र स्थानान्तरणका लागि मुख्यमन्त्रीबाट निर्देशनात्मक आदेशको आग्रह गरे।

Tags :
प्रतिक्रिया दिनुहोस