सुर्खेत जिप दुर्घटनामा चार स्वास्थ्यकर्मीको मृत्यु   « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सुर्खेत जिप दुर्घटनामा चार स्वास्थ्यकर्मीको मृत्यु  


८ माघ २०७९, आइतबार


 काठमाडौँ । सुर्खेतमा आइतबार बिहान भएको गाडी दुर्घटनामा परेका सबै स्वास्थ्यकर्मी रहेको खुलेको छ ।

दुर्घटनामा मृत्यु भएका मध्ये तीनजना दैलेखमा कार्यरत जनस्वास्थ्य निरीक्षक र एक स्थानीय फार्मेसी सञ्चालक रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।

डुंगेश्वर गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक ३३ वर्षीय दीपेन्द्र शाही, भगवती माई गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक ३१ वर्षीय बबिन शाही र गुराँस गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक ३६ वर्षीय राजेन्द्र बिसीको मृत्यु भएको हो ।

अर्का मृतक २७ वर्षीय सागर शाही स्थानीय फार्मेसी सञ्चालक रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका सूचना अधिकारी नन्दलाल जैसीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका भैरवी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक वीरेन्द्रराज शाहीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

सुर्खेतमा भएको स्वास्थ्यकर्मीसम्बद्ध एक सङ्गठनको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उनीहरू दुर्घटनामा परेका हुन् । सुर्खेतको छिन्चुबाट वीरेन्द्रनगरतर्फ जाँदै गर्दा वीरेन्द्रनगर-११, झुप्रा खोलामा उनीहरू चढेको बा.प्र.०१०२६च ९२१३ नम्बरको हाइलक्स गाडी दुर्घटनाको थियो ।

सम्बन्धित समाचार : सुर्खेतमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

Tags :
प्रतिक्रिया दिनुहोस