सञ्चार मन्त्री शर्मा र अर्थमन्त्री पौडेलबीच भेटघाट, यस्तो भयो छलफल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सञ्चार मन्त्री शर्मा र अर्थमन्त्री पौडेलबीच भेटघाट, यस्तो भयो छलफल


८ माघ २०७९, आइतबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलबीच बजेटबारे छलफल भएको छ ।

छलफलमा मन्त्री शर्माले स्वास्थ्य र विकास निर्माणमा बजेट विनियोजन गर्न माग गरेकी छन् । आइतबार अर्थमन्त्री पौडेलको निवासमा भएको छलफलमा मन्त्री शर्माले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाई सञ्चालन गर्न बजेट माग गरेकी हुन् ।

यस्तै शर्माले दाङको घोराही तुलसीपुर सडक खण्डको फोरलेन सडक र दाङको टरिगाउँ एयर्पोटमा ७२ सिटे जहाज चल्ने व्यवस्था गर्न माग गरेकी छन् भने दाङ खण्डकै हुलाकी राजमार्ग छिटो बन्नुपर्नेमा मन्त्री पौडेलको ध्यानाकर्षण गराएकी छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति विकास लामिछाने, रजिस्टार प्रकाश थापा, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हेमराज शर्माको आग्रहमा मन्त्री शर्माले अर्थ मन्त्रीलाई भेटेर बजेट माग गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस