चाडपर्वले सामाजिक सद्भावना बढाउँछन् : देउवा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चाडपर्वले सामाजिक सद्भावना बढाउँछन् : देउवा


८ माघ २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले सामाजिक सद्भावना बढाउने बताएका छन्।

उनले सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गरेका छन्।

सभापति देउवाले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न मुलुकमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिको आआफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको बताएका छन्।

एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि रहेको बताउँदैभन्दै उनले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस