गैर कानुनी सम्पत्ति आर्जन मुद्दामा उपसचिव रेग्मीलाई सफाइ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गैर कानुनी सम्पत्ति आर्जन मुद्दामा उपसचिव रेग्मीलाई सफाइ


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । गैर कानुनी सम्पत्ति आर्जन मुद्दामा उपसचिव मनप्रसाद रेग्मीलाई विशेष अदालतले सफाइ दिएको छ। उनीउपर ४ करोड ५४ लाख ३३ हजार रुपैयाँभन्दा बढी अवैध सम्पत्ति आर्जन गरेको अभियोग थियो।

शुक्रबारको इजलासले उनका साथै सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकी उनकी श्रीमती पम्फादेवी पाण्डेय र छोरी सन्ध्या रेग्मीलाई पनि सफाइ दिएको हो। अख्तियारले ३० असार २०७७ मा उनीउपर गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गराएको थियो।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य यमुना भट्टराईको इजलासले यस्तो आदेश दिएको हो। उनी २०५३ कात्तिकदेखि सरकारी सेवामा प्रवेश गरेका थिए भने २०७६ चैतमा उनीउपर अख्तियारले अनुसन्धान थालेको थियो। उनको वैध आय २ करोड ७७ लाख ११ हजार रुपैयाँ हुनुपर्नेमा साढे ४ करोड रुपैयाँभन्दा बढीको स्रोत खुल्न नसकेको भन्दै बिगो माग दाबीसहित मुद्दा दायर भएको थियो।

विद्यालय निरीक्षकको पदबाट सरकारी सेवा प्रवेश गरेका रेग्मी २०७१ मङ्सिरमा बाँसगढी नगरपालिका बर्दियामा शिक्षा, युवा तथा खेलकुद शाखामा उपसचिव थिए।

Tags :
प्रतिक्रिया दिनुहोस