नेपालले भारतसँग माग्यो थप हवाई मार्ग  « प्रशासन
Logo १९ माघ २०७९, बिहिबार
   

नेपालले भारतसँग माग्यो थप हवाई मार्ग 


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । नेपालले भारतसँग थप हवाई मार्ग उपलब्ध गराउन आग्रह गरेको छ । शुक्रबार नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँग भएको भेटघाटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सो आग्रह गरेका हुन् । 

भेटवार्तामा सिमरामा रहेको नेपालको एक मात्र हवाई मार्गको अधिक चाप बढेकोले थप हवाई प्रवेश मार्गका लागि अनुरोध गरिएको मन्त्री किरातीले जानकारी दि । यो विषयमा राजदूत श्रीवास्तव सकारात्मक रहेको मन्त्री किरातीले बताए ।

उनले भने, ‘सिमरामा रहेको नेपालको एक मात्र हवाई मार्गको अधिक चाप  बढेको छ । त्यसैले थप हवाई प्रवेश मार्गका लागि अनुरोध महामहिम समक्ष गरियो । महामहिम श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सरकार सधैँ सकारात्मक हुने बताउनुभयो ।’

Tags :
प्रतिक्रिया दिनुहोस