काँग्रेसबाट मुक्ताकुमारीले दिइन् उपसभामुखमा उम्मेदवारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काँग्रेसबाट मुक्ताकुमारीले दिइन् उपसभामुखमा उम्मेदवारी


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसकी सांसद मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दिएकी छन्।

आज संघीय संसद भवन परिसरमा पुगेर उनले उपसभामुखमा उम्मेदवारी दिएकी हुन्।

उनको प्रस्तावकमा काँग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन्।

काँग्रेसले नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चालगायत दलहरूसँग छलफल गरी उपसभामुखमा उम्मेदवारी दिएको छ।

यादव धनुषाकी हुन्। उनी समानुपातिकतर्फबाट काँग्रेस सांसद बनेकी थिइन्। काँग्रेसको १४ औँ महाधिवेशनमा उनले सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्य जितेकी थिइन्।

साथै सत्ता गठबन्धनबाट भने राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दिएकी छन्। शनिबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकले उपसभामुख चयन गर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस