रेमिट्यान्सबाट देश चलिरहेको छ, अब श्रमिकको हकहितको लागि काम गछौँ : प्रचण्ड  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रेमिट्यान्सबाट देश चलिरहेको छ, अब श्रमिकको हकहितको लागि काम गछौँ : प्रचण्ड 


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेश जाने श्रमिकको रगत र पसिनाबाट देश चलिरहेको बताएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २९ औँ साधारण सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले श्रमिकको हक र हितको लागि वर्तमान सरकारले केही नयाँ गर्न चाहिरहेको बताए। 

विदेशमा रहेका श्रमिकले पठाएको रेमिट्यान्सबाट देश चलिरहेको भन्दै सरकार उनीहरूको हकहितको लागि अहोरात्र खटिएर काम गर्ने बताए। 

सरकार ऐन संशोधनदेखि लिएर व्यवसायीहरूका समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताए।  वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्न व्यवसायीहरूले सरकारलाई सहयोग गर्नुपर्ने बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस