संसदीय अभ्यास र प्रक्रियाबारे अन्तरक्रिया गर्ने सभामुखको पहिलो निर्णय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

संसदीय अभ्यास र प्रक्रियाबारे अन्तरक्रिया गर्ने सभामुखको पहिलो निर्णय


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभामा नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद बहाली गरेका छन् । पद तथा गोपनीयताको शपथ लिए लगत्तै उनले पद बहाली गरेका हुन् ।

पद बहाली गर्दै सभामुख घिमिरेले नवनिर्वाचित सांसदहरूका लागि संसदीय अभ्यास र प्रक्रियाबारे अन्तरक्रिया गर्ने पहिलो निर्णय गरेका छन् ।

सभामुख घिमिरेले अझै बढी व्यवस्थित, अझै बढी क्रियाशील, अझै मर्यादित बनाउनका लागि सबैको प्रयत्न हुने र त्यसको जिम्मेवारी आफूले पाएको बताए । उनले प्रभावकारी ढङ्गबाट संघीय संसद्लाई अघि बढाउने विश्वस्त रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस